Logo

पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकले कमायो ११ करोड १७ लाख खुद नाफा, वित्तिय विवरण सबै सन्तोषजनक

पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकले कमायो ११ करोड १७ लाख खुद नाफा, वित्तिय विवरण सबै सन्तोषजनक



काठमाडौं । लुम्बिनी बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु ११ करोड १७ लाख खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।

बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा बैंकले रु। ९ करोड ६८ लाख खुद नाफा कमाएको छ ।

समिक्षा अवधीसम्म बैंकले ग्राहकबाट रु. ३२ अर्ब ४४ करोड ७५ लाख भन्दा बढी निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. २५ अर्ब ४५ करोड प्रवाह गरेको छ । बैंक तथा वित्तिय संस्थालाई पनि यस बैंकले रु। २ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. ८७ करोड ९ लाख ६१ हजार कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. २४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

हाल उक्त बैंकको चुक्तापुँजी रु. २ अर्ब ७१ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. १ अर्ब ४४ करोड जम्मा गरेको छ । वित्तिय विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी रु. १६.४५ रहेको छ । यस्तै, पीई रेसियो १३.१९, प्रति शेयर नेटवर्थ १६०.९८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्