Logo

सिटिजन्स बैंकले गर्यो लाभांश संशोधन, अब कति पाउँछन शेयरधनीले बोनस ?

सिटिजन्स बैंकले गर्यो लाभांश संशोधन, अब कति पाउँछन शेयरधनीले बोनस ?



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ ।

यसअघि बैंकले असार मसान्तमा कायम चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकामा त्यसलाइ संशोधन गर्दै ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस र नगदको अनुपातमा परिवर्तन गरे पनि बैंकले यसअघि प्रस्ताव गरेको कुल लाभांश भने ११ प्रतिशत नै यथावत् रहेको जनाएको छ ।

कात्तिक १९ गते बसेको सञ्चालक समितिको ३४६औं बैठकले सो संशोधन गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL