Logo

ग्लोबल आइएमई बैंकद्वारा भोजपुर र धनुषामा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकद्वारा भोजपुर र धनुषामा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात



काठमाडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३१ पुगेको छ ।

बैंकले भोजपुरको सदानन्द गाँउपालिका वडा नं. ११ झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा इन्दिरा घले र धनुषाको कमला नगरपालिका वडा नं.७ हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, सिडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्