Logo

अघिल्लो वर्षभन्दा एभरेष्ट बैंकले यो वर्ष आधाभन्दा कम लाभांश दिने, यस्तो छ यो वर्षको घोषित बोनस र नगद लाभांश

अघिल्लो वर्षभन्दा एभरेष्ट बैंकले यो वर्ष आधाभन्दा कम लाभांश दिने, यस्तो छ यो वर्षको घोषित बोनस र नगद लाभांश



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२औँ बैठकले सेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्‍ने करसहित ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्‍चात सेयरधनीलाई लाभांश वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी आठ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्ने नपाउने व्यवस्था गरेको छ । जसकारण बैंकले क्षमता भएर पनि कम लाभांश प्रस्ताव गरेको छ । एभरेष्टले गत वर्ष २० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL