Logo

नवलपुरको देवचुलीमा प्रभु बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २११ पुग्यो

नवलपुरको देवचुलीमा प्रभु बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २११ पुग्यो



काठमाडौं । प्रभु बैंकले नवलपुरको देवचुली नगरपालिकामा आफ्ना नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै नवलपुर ९नवलपरासी पुर्व० जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २ सय ११ औं शाखा संचालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल २ सय ११ वटा शाखा कार्यालय, १ सय ९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्पmत् सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्