Logo

मुक्तिनाथ विकास बैंक र विभिन्न व्यवसायिक संस्थाहरुबीच सम्झौता, बैंकका ग्राहकलाई १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था

मुक्तिनाथ विकास बैंक र विभिन्न व्यवसायिक संस्थाहरुबीच सम्झौता, बैंकका ग्राहकलाई १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था



काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न व्यवसायी संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौता भएका व्यवसायिक संस्थाहरु त्रिपुरेश्वस्थित ब्लुक्रस अस्पताल, धुलिखेलको माउन्टेन रिसोर्ट, नगरकोटको स्तुपा रिसोर्टहरु रहेका छन् ।

यस्तै खोटाङमा रहेको जम्बाला रिसोर्ट, काठमाडौंको ल्याण्डमार्क होटललागयतसँग बैंकले सम्झौता गरेको हो । उक्त व्यवसायीक संस्थाहरुमा बैंकका ग्राहकले कुनै कारोबार गरेमा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्