Logo

लक्ष्मी बैंक एडीबीको टीएससीएफपीबाट सम्मानित, १ बर्षमा नेपालबाट सर्वाधिक कारोबार

लक्ष्मी बैंक एडीबीको टीएससीएफपीबाट सम्मानित, १ बर्षमा नेपालबाट सर्वाधिक कारोबार



काठमाडौं । लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडीबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मान प्राप्त गरेको छ ।

टीएससीएफपीसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्गएजेन्टहरुमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL