Logo

नेपाल बैंकले पहिलो त्रैमासमा कमायो ५५ करोड ४ लाख खुद नाफा, गत बर्षको तुलनामा ३ करोडले कम

नेपाल बैंकले पहिलो त्रैमासमा कमायो ५५ करोड ४ लाख खुद नाफा, गत बर्षको तुलनामा ३ करोडले कम



काठमाडौं । नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आफ्नो पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

बैंकका अनुसार गत आर्थिक बर्षको यहि अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको पहिलो त्रैमासमा भने गत बर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफामा ३ करोड बढीको संकुचन आएको हो ।

बैंकको पहिलो तीन महिनामा वितरणयोग्य खुद नाफा १९ करोड ६४ हजार रुपैयाँ रहेको छ । बैंकको हालको चुक्ता पूँजी ११ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव ५१ रुपैयाँ रहेको छ । बैंकको सञ्चित कोषको आकार १२ अर्ब ९८ करोड ५४ लाखबाट ७१ करोड १२ लाखले बढेर १३ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २७३ दशमलव ४९ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्