Logo

सानिमा बैंकले १३.६० प्रतिशत लाभांस वितरण गर्ने, संचालक समितिको बैठकले गर्याे प्रस्ताव

सानिमा बैंकले १३.६० प्रतिशत लाभांस वितरण गर्ने, संचालक समितिको बैठकले गर्याे प्रस्ताव



काठमाडौं । सानिमा बैंकले आफ्ना लगनीकर्ताहरुलाई १३ दशमलव ६० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्‍चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई आर्थिक वर्ष ०७६७७ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांस लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८९ हजार ९८४ रुपैयाँ छ।

सानिमा बैंकले १३.६० प्रतिशत लाभांस वितरण गर्ने, संचालक समितिको बैठकले गर्याे प्रस्ताव

प्रतिक्रिया दिनुहोस्
MBL