Logo

सिद्धार्थ बैंकको ऋणपत्रमा आकर्षण, केही दिनमै मागभन्दा बढी रकमको लागि आवेदन

सिद्धार्थ बैंकको ऋणपत्रमा आकर्षण, केही दिनमै मागभन्दा बढी रकमको लागि आवेदन



काठमाडौं । सिद्धार्थ बैंकले असोज १६ गते निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको बैंकले दावी गरेको छ ।

रु ३ अर्बको सो ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेकै कारण छोटो समयमै माग भन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको बैंकको भनाइ छ ।

निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भइसकेको छ । लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता प्रति बैंकले सम्पूर्ण लगानीकर्ता प्रति कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले आगामी दिनमा अझ बढी नवीनतम र उतकृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL