Logo

एनएमबी बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता, चिनियाँ पर्यटकलाई नेपालमा भुक्तानी सहज हुने

एनएमबी बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता, चिनियाँ पर्यटकलाई नेपालमा भुक्तानी सहज हुने



काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गर्न सम्झौता गरिएको हो ।

टेन्सेन्ट होल्डिंग्ससँगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ । एनएमबि बैंक १.१७ अर्ब भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक भएको छ ।

एनएमबि बैंक लि। र टेन्सेन्ट होल्डिंग्सका बीचमा भएको यस साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेछ भन्ने कुरामा यस बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृश्य बदल्दै ग्राहकलाई सहज र सरल रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा प्रगति गरिरहेको जानकारी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL