Logo

प्रभु बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, शाखा संख्या २०९ पुग्यो

प्रभु बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, शाखा संख्या २०९ पुग्यो



काठमाडौं । प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका–०१ स्थित श्रीनगरमा आफ्नो २०९ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन आइतबार शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि सुरेश अधिकारीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको श्रीनगर कार्यालयबाट प्रभु बैङ्कको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा श्रीनगर शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL