Logo

सनराइज बैंकको चाडपर्वलाई लक्षित ग्राहक योजना, भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकलाई विशेष छुट

सनराइज बैंकको चाडपर्वलाई लक्षित ग्राहक योजना, भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद छुट पाउने भएका छन् ।

ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म छुट पाउने बैंकले जनाएको छ । यो योजना असोज २५ देखि कार्तिक ११ गत सम्म लागु रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL