Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, आफ्नो १३ औं वार्षिकोत्सवमा बाल मन्दिरलाई गर्याे आर्थिक सहयोग

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, आफ्नो १३ औं वार्षिकोत्सवमा बाल मन्दिरलाई गर्याे आर्थिक सहयोग



काठमाडौं । सनराइज बैंकले बाल मन्दिरमा आर्थिक सहयोग गरेको छ । बैंकले शुक्रबार आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्य सामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गर्दै उक्त सामाग्रीहरु किन्नको लागि नगद १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिएको छ ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL