Logo

माछापुच्छ्रे बैंक र २ होटलबीच छुट्टाछुट्टै सम्झौता, बैंकका ग्राहकलाई होटलमा छुट

माछापुच्छ्रे बैंक र २ होटलबीच छुट्टाछुट्टै सम्झौता, बैंकका ग्राहकलाई होटलमा छुट



काठमाडौं । माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाइट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL