Logo

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सम्झौता, अब सरकारी राजस्व आईएमई पे बाटै

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सम्झौता, अब सरकारी राजस्व आईएमई पे बाटै



काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL