Logo

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन, उपचार गर्न आउने सेवाग्राहीलाई सहज हुने

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन, उपचार गर्न आउने सेवाग्राहीलाई सहज हुने



काठमाडौं । प्रभु बैंकले पोखरास्थित गण्डकी मेडिकल कलेजमा आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कलेज परिसरमा गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा। रविन्द्र श्रेष्ठले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका छन् ।

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL