Logo

सनराइज बैंक र आईएमई मोटर्स प्रालिबीच सम्झौता, बैंकले सवारी खरीदमा ६० प्रतिशतसम्म कर्जा दिने

सनराइज बैंक र आईएमई मोटर्स प्रालिबीच सम्झौता, बैंकले सवारी खरीदमा ६० प्रतिशतसम्म कर्जा दिने



काठमाडौं । सनराइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेलेण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेड बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका थिए ।

यस सहमतिपत्र अनुरुप, आईएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सनराइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशतसम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ ।

कर्जाको मासिक किस्ता ईएमआई को आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिनभित्र उपलब्ध गराउने व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL