Logo

नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि, सरकार र सर्वसाधारणबाट बराबर सञ्चालक निर्वाचित हुने

नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि, सरकार र सर्वसाधारणबाट बराबर सञ्चालक निर्वाचित हुने



काठमाडौँ । नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको प्रतिनिधित्व बढाएको छ ।

भर्चुअल रुपमा सोमबार गरिएको सभाले नेपाल सरकारबाट मनोनयन हुने चार सञ्चालकबाट घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।

नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधनरथपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको बैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्