Logo

एनआईसी एशिया बैंकका ग्राहकलाई सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिदमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिदमा छुट



काठमाडौँ । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजि अटोमोबाइलस् प्रा.लि बाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा  १२ हजार नगद छुट तथा तिन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ । 

यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भिजि अटोमोबाइल प्रा.लि  को तर्फबाट उप–महाप्रबन्धक  धिरज भट्टराईले  समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजि अटोमोबाइल प्रा.लि का शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख  छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ । 

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा भिजि अटोमोबाइल प्रा.लि सँगको यो सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL