Logo

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो, कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब २५ करोड लगानी गर्ने

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो, कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब २५ करोड लगानी गर्ने



काठमाडौं । कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो ।

प्रर्वद्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले रु तीन अर्ब २५ करोड लगानी गर्न लागेका हुन् । बैंक र आयोजनाबीचमा भएको सम्झौताअनुसार ऋण लगानीमा अगुवाई गरेको कुमारी बैंकले रु दुई अर्ब र इन्फ्रास्ट्रक्चर बैंकले रु एक अर्ब २५ करोड लगानी गर्ने भएका हुन् ।

बहुपक्षीय सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रतिनिधि रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट भूपेन्द्र पाण्डे तथा प्रवद्र्धक कम्पनीकोतर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका हुन् ।

आयोजनाबाट उत्पादित विद्युत् खरिदसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धकबीच हस्ताक्षरसमेत भइसकेको छ । आगामी मंसिरदेखि निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL