Logo

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १८औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आव २०७५र७६को बार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बरावर एक (१ः१) हकप्रद शेयर जारी गर्न पनि प्रस्ताव पारित गरेको छ । यस हकप्रद निश्कासनपश्चात बैंकको चुक्ता पूँजी रु।१३ करोड १२ लाख पुग्नेछ ।

बैंकले यस साधारण सभामार्फत गाभ्ने गाभिने तथा प्राप्ति समाहित हुने, रणनीतिक साझेदार नयाँ लगानीकर्ता भित्रयाउने सम्बन्धमा प्रस्ताव पारित गरी त्यसको जिम्मेवारी संचालक समितिलाई दिएको छ ।

चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १ बकुलहरमा केन्द्रिय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको हाल केन्द्रिय कार्यालय सहित तीन वटा शाखा रहेका छन ।

हालसालै मात्र नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएको यस बैंकले निकट भविष्यमानै रु। ५० करोड चुक्ता पँजी पुर्याउने योजनासहित कार्य गरिरेको छ ।

प्रतिक्रिया दिनुहोस्