Logo

गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गर्ने, आगामी बैशाखभित्र एक्वायर प्रक्रिया सम्पन्न हुने

गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गर्ने, आगामी बैशाखभित्र एक्वायर प्रक्रिया सम्पन्न हुने



काठमाडौैं । गरिमा विकास बैंक लिमिटेडले सर्लाहीमा रहेको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

हाल गरिमा विकास बैंकको अधिकृत पुँजी पाँच अर्व र जारी तथा चुक्ता पुँजी तीन अर्व २३ करोड ८६ लाख ८९ हजार चार सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी रु२५ करोड ५४ लाख ८१ हजार आठ सय रुपैयाँ रहेको छ ।

गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरुमार्फत र सहारा विकास बैंकले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा चार शाखा कार्यालय र एक एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्नेसमेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL