Logo

सांग्रिला डेभलपमेन्ट बैंक र मोरुबीच सम्झौता, बैंकको पैसा मोरुमा लोड गर्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंक र मोरुबीच सम्झौता, बैंकको पैसा मोरुमा लोड गर्न सकिने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पे नेको (मोरु) सँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै उक्त सम्झौता गरेको हो । उक्त सम्झौता अन्तर्गत ग्राहकहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद गर्न सक्नेछन् ।

यस्तै खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरुसमेत प्राप्त गर्न सक्नेछन् । चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल नेपालभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्