Logo

बैंक अफ काठमाण्डुले गर्यो १६ प्रतिशत लाभांश घोषणा, प्राथमिकतामा बोनस सेयर

बैंक अफ काठमाण्डुले गर्यो १६ प्रतिशत लाभांश घोषणा, प्राथमिकतामा बोनस सेयर



काठमाडौं । बैंक फ काठमाण्डुले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६ सय ३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, २५ करोड ६४ लाख ६ हजार ६ सय ६२ रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

हाल बैंक अफ काठमाण्डुको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६ सय ३६ हुनेछ ।

असार मसान्तसम्म बैंक अफ काठमाण्डुले १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६७ रुपैयाँ ४४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL