Logo

माछापुच्छ्रे बैंकले डाक्यो कात्तिक ६ मा साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

माछापुच्छ्रे बैंकले डाक्यो कात्तिक ६ मा साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने



काठमाडौं । यो वर्षको लागि वाणिज्य बैंकहरुको साधारणसभाको सिजन सुरु भएको छ । यो वर्ष माछापुच्छे बैंकले वाणिज्य बैंकहरुमध्येमै पहिलोपटक साधारणसभाको मिति घोषणा गरेको छ ।

यस अघि बैंकको सञ्चालक समितिले लगानीकर्ताहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र  ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त सभामा  अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव बारे पनि छलफल हुने छ ।

बैंकको साधाराण सभा कात्तिक ६ गते, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा  बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL