काठमाडौं । पुनर्कर्जाको लागि आवेदन दिने म्याद असोज ३० सम्मका लागि थप भएको छ । यसअघि असोज १४ गतेसम्म पुनर्कर्जाको म्याद दिएको नेपाल राष्ट्र बैंकले कोभिड पीडितलाई पुनर्कर्जाको लागि आवेदन दिने समय थप गरेको हो ।
स्थानीय निकायले कोभिड १९ को रोकथामको लागि लकडाउन, निषेधाज्ञा जस्ता कारणले आवेदन दिन नपाएको भन्दै सरोकारवाला निकायले समय बढाइदिन अनुरोध गरेपछि राष्ट्र बैंकले समय थप गरिएको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।