काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
यो योजना १२ आश्विन देखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरूमा लागू हुने बैंकले जनाएको छ ।
साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बताइएको छ ।
यसै गरी पहिलो ५० जना ग्राहकहरूले अनलाइन सपिङ्ग पोर्टल दराजमा रु। ३,००० बराबरको सामान खरिद गर्दा रु ५०० को निःशुल्क भौचर समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।