Logo

सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ सेवा सीतापुर खजुरामा, ग्राहकले पाउनेछन यस्ता सुविधा

सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ सेवा सीतापुर खजुरामा, ग्राहकले पाउनेछन यस्ता सुविधा



काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

शुक्रबार खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा बैंकिङ सेवाको सुरुवात भएको थियो । वडा अध्यक्ष गुरतालले बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधिसुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL