काठमाडौं । एभरेष्ट बैंकले होटल एलफ्ट ठमेलसँग आफ्ना ग्राहकलाई विशेष छुट दिनेगरी सम्झौता गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमका बीच उक्त सहकार्यको सम्झौता गरेको हो ।
उक्त सम्झौताअनुरुप एभरेष्ट बैंकका ग्राहकहरुले फुड, वेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् ।
हालको महामारीको स्थितिका कारण यो अफर टेक(अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगत्तै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ । उक्त सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् ।