Logo

सांग्रिला बैंकको सामाजिक उत्तरदायित्व, मुस्कान होम अफ होपलाई नगद सहयोग

सांग्रिला बैंकको सामाजिक उत्तरदायित्व, मुस्कान होम अफ होपलाई नगद सहयोग



काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ होपलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो ।

बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष श्रीमती सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरे ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL