Logo

सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग, फेलोसिप अभियानका लागि पाँच लाख प्रदान

सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग, फेलोसिप अभियानका लागि पाँच लाख प्रदान



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ भाद्र २१ गते आइतबार सामाजिक उत्तरदायित्व अन्र्तगत दायित्वलाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि रु पाँच लाख सहयोग प्रदान गरेको छ ।


युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रर्वद्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL