Logo

सानिमाको नयाँ शाखा रुपन्देहीको भलवारीमा, शाखा संख्या ८० पुग्यो

सानिमाको नयाँ शाखा रुपन्देहीको भलवारीमा, शाखा संख्या ८० पुग्यो



काठमाडौं । सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का।मु प्रमुख रञ्जन मैनालीले गरे ।

कोरोनाभाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने छ ।

जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोनाभाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL