Logo

कामना सेवाका ग्राहकलाई पीसीआर परिक्षणमा विशेष छुट, सुरिया हेल्थ केयरसँग सम्झौता

कामना सेवाका ग्राहकलाई पीसीआर परिक्षणमा विशेष छुट, सुरिया हेल्थ केयरसँग सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अवदेखि कोरोना भाईरसको पीसीआर परिक्षणमा विशेष छुट पाउने भएका छन् । शुक्रबार कामना सेवा विकास बैंक र सुरिया हेल्थ केयरबीच छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।

बैंक र हेल्थ केयरको यस सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पीसीआर परिक्षण गर्दा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्नेछन् । उक्त सहमतिअनुसार ग्राहकहरुले आर्थिक सहुलियत सहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ उत्कृष्ट बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL