Logo

सनराइज बैंकले माग्यो पुनर्कर्जाका लागि आवेदन, असोज ७ सम्मको डेटलाइन

सनराइज बैंकले माग्यो पुनर्कर्जाका लागि आवेदन, असोज ७ सम्मको डेटलाइन



काठमाडौं । सनराइज बैंकले पुनर्कर्जा लिनका लागि आवेदन माग गरेको छ । बैंकले पुनर्कर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीलाई आवेदन दिन भनेको छ ।

यसका लागि ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा असोज ७ गतेसम्म सम्पर्क गर्न बैंकले सूचना जारी गरेको छ ।

प्राप्त निवेदनका आधारमा अधिकतम ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरिने सनराइज बैंकले जनाएको छ ।

बैंकमा अहिले लगानी योग्य रकम थुप्रिएको छ । बैंकहरुले आफ्ना ऋणीलाई पुर्नकर्जा लिन बोलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL