Logo

नेपाल बंगलादेश बैंकको खाता अब कनेक्ट आइपिएसमा ‘अनलाइन लिंक’ गर्ने सुविधा, यस्तो छ प्रक्रिया

नेपाल बंगलादेश बैंकको खाता अब कनेक्ट आइपिएसमा ‘अनलाइन लिंक’ गर्ने सुविधा, यस्तो छ प्रक्रिया



काठमाडौं । नेपाल बंगलादेश बैंकको खाता अब कनेक्ट आइपिएसमा अनलाइन लिंक गर्न सकिने भएको छ। कनेक्ट आइपिएसमा खाता लिंक गरेर भेरीफाई गराउने सबै प्रकृयालाई संचालन गरी अनलाईनबाटै गर्न सकिने व्यवस्था गरिएको हो।

उक्त व्यवस्थाअनुसार बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपिएसमा आफ्नो खाता भेरीफाई गराउन सक्नेछन् । बैंकको शाखामा पुगेर भेरीफाई गराउने बाध्यता हट्ने बताइएको छ।

जसका लागि बैंकका ग्राहकले कनेक्ट आइपिएसमा लिंक अकाउन्ट भित्र आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरेर खातालाई भेरीफाई सक्छन् ।

यस प्रकृयामा ग्राहकको विवरण, वान टाइम पासर्वस र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन व्यवस्था रहेको छ । नेपाल बाङ्गलादेश बैंकको यो व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि सुरु गर्न आवश्यक तयारी भइरहेको बैंकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL