Logo

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित, कोइरालाको नाममा विवाद स्थगनको कारण

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित, कोइरालाको नाममा विवाद स्थगनको कारण



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । आज बुधबारका लागि तय भएको सञ्चालक समितिको अध्यक्ष चयन गर्ने एजेण्डा रहेको थियो ।

तर, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहेका उपेन्द्र कोइरालालाई कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बुधबारको सञ्चालक समितिको बैठक नै स्थगित भएको बैंक स्रोतले जानकारी दिएको छ ।

कोइरालालाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै सोमबारदेखि चर्को विरोध भइरहेको छ ।

कोइरालालाई अध्यक्ष बनाउन सरकारले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाइसकेको छ ।


मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमेत रहेका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL