Logo

कञ्चन विकासलाई गाभेको एनएमबी बैंकले भोलिदेखि एकीकृत कारोवार शुरु गर्दै, एनएमबी बैंकको नामबाट कारोबार हुने

कञ्चन विकासलाई गाभेको एनएमबी बैंकले भोलिदेखि एकीकृत कारोवार शुरु गर्दै, एनएमबी बैंकको नामबाट कारोबार हुने



काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेको एनएमबी बैंकले आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै एक भएपछि अब एनएमबी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०।८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो । यसर्थ, कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् ।

एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबीले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL