Logo

काठमाडौंमा एउटा बैंकको ३ शाखा मात्र खुल्ने, एक जिल्ला एक शाखाबाट ग्राहकलाई सेवा

काठमाडौंमा एउटा बैंकको ३ शाखा मात्र खुल्ने, एक जिल्ला एक शाखाबाट ग्राहकलाई सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा एक वाणिज्य बैंकले ३ वटा शाखा मात्र संचालनमा ल्याउने भएका छन् । सरकारले काठमाडौं उपत्यकामा ३ जिल्ला (काठमाडौं, ललितपुर भक्तपुर) मा निषेधाज्ञा जारी गरेसँगै काठमाडौं उपत्यकामा एउटा वाणिज्य बैंकले ३ वटा शाखामा संचालनमा ल्याउने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।

दाहालका अनुसार काठमाडौं उपात्यकाका ३ वटा जिल्लामा १ र १ वटा शाखा कार्यालय संचालनमा ल्याईने छ । निषेधाज्ञाको समयमा आफ्ना ग्राहकलाई जसरी भएपनि बैंकिङ सेवा दिनका लागि सरकारसँगको समन्वयमा एक जिल्ला एक शाखाका दरले काठमाडौं उपात्यकामा ३ वटा शाखा संचालनमा ल्याइएको समेत उनले जानकारी दिए ।

तर सबै बैंकले आफ्नो प्रधान कार्यालय भने खुला राख्ने भएका छन् । मुख्य कार्यालयबाट देशभरका शाखा व्यवस्थापन तथा बैंकको कार्ड विदेशमा समेत चल्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले मुख्य कार्यालय संचालनमै राखिएको दाहालको भनाई छ । ‘अहिले नेपाली बैंकले नेपालमा मात्र नभई विदेशमा समेत आफ्नो कार्डमार्फत सेवा दिईरहेका छन् भने अहिले पनि विदेशबाट रेमिटान्स आईरहेको छ,’ उनले भने, ‘त्यसैलाई व्यवस्थापन गरेर ग्राहकलाई सेवा दिनका लागि भने पनि प्रधान कार्यालय खोल्नु पर्ने बाध्यता छ ।’

आज दिनभरका लागि काठमाडौं उपत्यकामा ३ वटा शाखा संचालनमा ल्याइएपनि परिस्थिती अनुसार निर्णय गर्दै थप शाखा संचालनमा ल्याइने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL