Logo

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर भूमिसुधार तथा मालपोत कार्यालय परिसर लमजुङमा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर भूमिसुधार तथा मालपोत कार्यालय परिसर लमजुङमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भाद्र १ सोमबार लमजुङको बेसीशहर स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन कोलेनिका.लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्तरुपमा गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।


भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंङ्किङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL