Logo

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १ करोड ७ लाख सहयोग प्रदान

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १ करोड ७ लाख सहयोग प्रदान



काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई १ करोड ७ लाख ५९ हजार रुपैंया बराबरको रकम सहयोग गरेको छ।

सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो।

बैंकले उक्त रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ । बैंकले यस अघि देशका सातै प्रदेश सरकारलाई १५र१५ लाख गरी कुल १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ ।

उक्त सहयोग रकममा बैंकको तर्फबाट दश लाख र कर्मचारीको तर्फबाट पाँच लाख समावेश गरी पन्ध्र लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।

साथै बैंकले लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब र ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL