Logo

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट, खराब कर्जाका ऋणीले छुट नपाउने

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट, खराब कर्जाका ऋणीले छुट नपाउने



काठमाडौं । नबिल बैंकले आफ्ना ऋणीलाई कर्जाको ब्याजदरमा शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आºना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

नबिल बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका अनुसार ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई लाग्ने ब्याज दरमा ० दशमलव २५ प्रतिशत छुट दिईएको हो ।

कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा नपाउने उनले जानकारी दिए ।

यस्तै हालै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम ६ करोड हस्तान्तरण गरेको बैंकले आºनो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL