Logo

राष्ट्र बैंकका कर्मचारीमा कोरोना आक्रमण, गभर्नर अधिकारी बसे होम क्वारेन्टिनमा

राष्ट्र बैंकका कर्मचारीमा कोरोना आक्रमण, गभर्नर अधिकारी बसे होम क्वारेन्टिनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकका २ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका छन्। राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन्।

हालसम्म केन्द्रिय बैंकका ४ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। केन्द्रीय कार्यालयका दुई र वीरगञ्ज कार्यालयका दुई जनालाई संक्रमण देखिसकेको छ।

संक्रमणको जोखिमलाई न्युनीकरण गर्न गभर्नर अधिकारीले घरमै बसेर आवश्यक कार्यसम्पादन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्