Logo

सरकारको कोरोना कोषमा नबिल बैंकले दियो ६ करोड, अर्थमन्त्री खतिवडालाई चेक हस्तान्तरण

सरकारको कोरोना कोषमा नबिल बैंकले दियो ६ करोड, अर्थमन्त्री खतिवडालाई चेक हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नबिल बैंकले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष अनिल केशरी शाह तथा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व टास्कफोर्सका संयोजक निर्वाण चौधरीले आज एक कार्यक्रमबीच अर्थमन्त्री डा. युवराज अतिवडालाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

हाल विश्वभरी फैलिएको कोरोनाको नेपालमा पनि उच्च जोखिम रहेको र उक्त महामारीको खतरनाक प्रभावको विरूद्ध लड्न नाबिल बैंक आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ६ करोड रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले गत आबको अन्त्यसम्ममा आफ्नो सीएसआर अन्तरगत खर्च नभएका सम्पूर्ण खर्च अनिवार्य रुपमा कोरोना कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही अनुरुप नविल बैंकले आफ्नो सीएसआर अन्तरगतको उक्त रकम सरकारको कोरोना कोषमा जम्मा गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै नाबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीको प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान भएको बैंकका सीईओ शाहले बताए । बैंकको सीएसआर कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नाबिल टोलीको प्रयासबाट उत्पन्न भएको र यो अनुदान प्रत्येक नाबिलियनको समर्पणको परिणाम भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL