Logo

एक बर्षमा प्रभु बैंकले कमायो १ अर्ब ३६ करोड, निक्षेप बढ्यो खराब कर्जा घट्यो

एक बर्षमा प्रभु बैंकले कमायो १ अर्ब ३६ करोड, निक्षेप बढ्यो खराब कर्जा घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले आर्थिक बर्ष २०७६ /७७ मा १ अर्ब ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कोरोनाका कारण बैंकले पाकेको ब्याज आम्दानी समेत उठाउन नसक्दा बैंकको नाफामा गिरावट आएको हो ।

बैंकले आर्थिक बर्ष २०७५/ ७६ मा १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो बर्षको सोही अबधिको तुलनामा गत आबमा बैंकको उक्त नाफा ४२ करोड रुपैयाँले कमि हो । सो अबधिमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

हाल बैैकको चुक्ता चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकले २०७७ असार मसान्तसम्म आईपुग्दा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अबधिमा बैंकले आफ्नो निक्षेप संकलन भने उच्च वृद्धि गर्न सफल भएको छ । यसैगरी सोही अबधिमा बैंकले ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

तर कोरोनाको असरमा पनि बैंकले आफ्नो खराब कर्जा भने घटाउन सफल भएको छ । सो अबधिसम्म आईपुग्दा बैंकको खराब कर्जा घट्दै कुल कर्जा प्रबाहको २.८१ प्रतिशतमा झरेको छ । जबकि अघिल्लो आबको सोही अबधिमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३.७६ प्रतिशत रहेको थियो ।

सो अबधिमा बैंकको प्रति सेयर आम्दानी भने १३.९३ रुपैयाँ रहेको छ । सार्थ बैंकको कर्जा निक्षेप अनुपात ६६.९६ प्रतिशत रहेको छ भने वेस रेट ८.३२ प्रतिशत बेसरेट र स्प्रेडदर ३.५७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL