Logo

सरकारको कोरोना कोषमा सनराइज बैंकले सहयोग गर्याे ७९ लाख ४४ हजार

सरकारको कोरोना कोषमा सनराइज बैंकले सहयोग गर्याे ७९ लाख ४४ हजार



काठमाडौं । सनराइज बैंकले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम आज आयोजित एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा। युवराज खतिवडालाई हस्तान्तरण गरेकी हुन् । सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति रहेको थियो ।

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताउँदै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए । सनराइज बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्त पीपीई मास्क,स्यानिटाइजर हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL