Logo

ग्लोबल आइएमई बैंकका सबै कर्मचारीहरुको कोरोना बीमा

ग्लोबल आइएमई बैंकका सबै कर्मचारीहरुको कोरोना बीमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । बैंकले कोरोना भाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

बैंकले यस बिषम र प्रतिकुल अवस्थामा पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो ।

बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पिसिआर परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाईएको छ । यो कोरोना बीमावाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आइएमई बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षितरुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।

ग्लोबल आइएमई बैंकले कोरोनाको यस महामारीबाट आफ्ना कर्मचारीवर्ग, ग्राहकवर्ग र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL