काठमाडौं । सरकारी स्तरको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्ष २०७६ र ७७ मा बाणिज्य बैंकहरुमध्येमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत बर्ष ४ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ ।
कोभिडका कारण बैंकको नाफामा गिरावट आएको पनि बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी राष्ट्रिय बाणिज्य बैंकले बढी नाफा आर्जन गरेको हो । तर बैंकले अघिल्लो आबमा ५ अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कुल ९ अर्ब चुक्ता पूँजी पूँजी भएको वाणिज्य बैंकको १३ अर्ब रुपैयाँ जगेडा कोषमा रहेको छ । बैंकले असार मसान्तसम्ममा आईपुग्दा २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जालाई घटाउँदै कुल कर्जा प्रबाहको ४.०८ प्रतिशतमा झारको छ । एनआईडिसीलाई एक्वाएर गरेका कारण बाणिज्य बैंकको खराब कर्जा बढेको थियो ।
बैंकको बेसरेट पनि ५.८० प्रतिशत मात्र रहेको छ भने स्प्रडेदर ४.२६ प्रतिशत छ ।