Logo

सानिमा बैंकले कमायो १ अर्ब ११ करोड वितरणयोग्य नाफा, १२ प्रतिशत लाभांस वितरण गर्न सक्ने

सानिमा बैंकले कमायो १ अर्ब ११ करोड वितरणयोग्य नाफा, १२ प्रतिशत लाभांस वितरण गर्न सक्ने



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकको गत बर्ष भने यस्तो नाफा २० दशमलव ३२ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ रहेको बैंकले २०७६र७७ को नाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

असार मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ७० करोड ३३ लाख ७४ हजार रुपैयाँ छ। बैंकले कमाएको यो खुद नाफा अघिल्लो आवको तुलनामा २४ दशमलव ५६ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले २ अर्ब २५ करोड ८० लाख खुद नाफा कमाएको थियो। कारोना भाइरस संक्रमण रोक्न सरकारले गरेको ४ महिने लकडाउन र ऋणीहरुलाई प्रदान गरिएको सुविधाका कारण बैंकको ऋण असुली प्रभावित बन्दा नाफा घट्न पुगेको हो।

गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा बैंकले निक्षेप संकलन १९ दशमलव ५४ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानीतर्फ ११ दशमलव २३ प्रतिशत वृद्धि भई ९० अर्ब ५६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर ४ अर्ब २१ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा खुद ब्याज आम्दानी ४ अर्ब २० करोड ८६ लाख रुपैयाँ रहेको थियो।

बैंकको जगेडा कोष भने २६ दशमलव ३३ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ५६ लाख पुगेको छ भने शेयरधनी कोषमा १ अर्ब ११ करोड रूपैयाँ सञ्चित छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ दशमलव २५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७ दशमलव ०५ गुणा, र खराब कर्जा अनुपात ० दशमलव ४८ प्रतिशत रहेको छ।

सानिमा बैंकको कोषको लागत ६ दशमलव ६६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४ दशमलव ७२ प्रतिशत, आधार दर ८ दशमलव ६२ प्रतिशत र स्प्रेड दर ३ दशमलव ४७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL