Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२ % ले घट्यो, वितरणयोग्य नाफा पनि ५३ % ले ओरालो लाग्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२ % ले घट्यो, वितरणयोग्य नाफा पनि ५३ % ले ओरालो लाग्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २२ प्रतिशतले घटेको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअवधिमा बैंकको वितरणयोग्य नाफा ६५ करोड २३ लाख छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वितरण योग्य नाफा पनि ५३ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा एक अर्ब ३९ करोड थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा नाफामा गिरावट आएको हो । बैंकको नाफा घटेपछि प्रतिशेयर आम्दानी २६ दशमलव ४३ रुपैयाँबाट १८ दशमलव ०७ रुपैयाँमा झरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ६९ प्रतिशत घटेर ५ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको संचालन नाफा पनि १२ प्रतिशतले घटेर ३ अर्ब ६३ करोडमा सिमीत भएको छ । बैंकको अन्य खर्चहरु समेत बढेको छ ।

गत असार मसान्तसम्म बैंकले १ खर्ब ६६ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब रुपैयाँ ४५ करोड कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप ११ दशमलव ३६ प्रतिशत तथा कर्जा १० दशमलव २५ प्रतिशतले बढेको हो।

हाल १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४१ करोड रुपैयाँ छ। बैकको चुक्तापूँजी करिब ११ प्रतिशतले बढ्दा जगेडामा ८ प्रतिशत बढीको सुधार छ । जसको रिटन अर्निङमा १ अर्ब ६२ करोड रुपैयाँ छ ।

बैंकको प्रतिशेयर नेटवर्थ भने १ सय ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २४ गुण छ। बैंकको पूँजी कोष अनुपात १३ दशमलव २३ प्रतिशत छ भने कोषको लागत ५ दशमलव ८५ प्रतिशत छ। त्यस्तै, बैंकको आधार दर ७ दशमलव ५१ प्रतिशत रहेको छ भने स्प्रेड दर ३ दशमलव ९९ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७१ दशमलव ९३ प्रतिशत छ । बैंकको खराब कर्जा २ दशमलव ९१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL